चिरञ्जीवी यादव, वीरगन्ज १० चैत्र । पर्साको बहुदरमाइ नगरपालिका बडा नं. ५ पटनीबाट जि. प्र. का. पर्साको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा राती १८ किलो लागुऔसध गाजा र भारतिय मोटरसाइकल BRO-5 S - 6566 नम्बर सहित तीन जना गाजा तस्करलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका बडा नं. ५ पटनी निवासी राधाकृष्ण यादव, लक्ष्मण महतो कोइरी र पकहामैनपुर गाउँपालिका, बडा नं. १ धोरे निवासी मन्द्रीका प्रसाद रहेको प्रहरीले जनाएको हो । पक्राउ गरिएको लागू औसध गाजा मोटरसाइकल सहित गाजा तसकरहरुको इ. प्र. का. पोखरियामा राखी थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको हो ।