×

 

वीरगन्ज १० चैत । देशकै प्रमुख नाका वीरगन्ज स्थित नेपाल भारत सिमाबाट आज बिहान १० बजेसम्म मानिसहरुको आवत जावत गर्न दिएको छ ।

वीरगन्ज स्थित नेपाल भारत सिमाबाट आज बिहान १० बजेसम्म आउने नेपाली तथा भारतिय ब्यक्तिहरुको चेक जाँच पछि ज्वरो नदेखिएको अवस्थामा प्रवेश गर्न दिएको र १० बजे पछि नेपाली तथा भारतियलाई समेत भारत सिमाबाट नेपाल प्रवेशमा रोक लगाईएको वीरगन्ज नगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताएका छन ।

वीरगन्ज स्थित नेपाल भारत सिमाबाट आज बिहान १० बजेसम्म आउने ब्यक्तिहरुको चेक जाँच पछि शंका लागेका ब्यक्तिहरुलाई सिमा नजिकै वनाइएको क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाईएको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेपाली सेनाको वीरगन्ज स्थित गणको पहलमा ५० शैयाको अस्थायी अस्पताल संचालनमा ल्याईएको छ । आज विहान नगर प्रमुख सरावगी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुहरुले सिमा क्षेत्रमा भैरहेको कोभीड १९ को संक्रमण वाट वचन र संक्रमितको उपचार र काउन्सिलिङको स्थितिका वारेमा अनुगमन गर्नु भएको थियो ।

Back to top