×

वीरगञ्ज - विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बजारमा मास्क अभावलाई मध्यनजर गर्दै नेकपा निकट भातृ संगठन पर्साले मास्क वितरण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जको घण्टाघरमा १५ सय मास्क वितरण गरेको हो । संघका पर्सा संयोजक महम्द निजामुदिन नेतृत्वको नेता कार्यकर्ताहरुको टोलीले वीरगन्जको घण्टाघर चौकमा यात्रु, रिक्सा तथा अटोचालक, सर्वसाधारण लगायतलाई नि:शुल्क मास्क वितरण गरेको हो ।

कोरोना भाईरस संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएपछि सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेको संघका संयोजक निजामुदिनले बताउनुभयो । मास्क वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्साका अध्यक्ष प्रभु हजरा, महानगर कमिटिका अध्यक्ष रहबर अंसारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादव, अखिलका केन्द्रिय सद्रस्य जुबेर आलम, नेताहरु रामकिशोर सिंह पराग, शिवशंकर यादव, महम्द मेराजुल लगायतको सहभागीता रहेको थियो ।

Back to top