वीरगञ्ज, चैत ९ - कोरोना भाइरसबाट संक्रमित भएको भनिएका वीरगञ्जका एक स्थानीयको रिपोर्ट नेगेटिभ आएको छ ।
भारत बिहार राज्यको पटना शहरस्थित राजेन्द्र मेओरियल रिसर्च इन्स्चिट्युट अफ मेडिकल साइन्सले आइतबार एक रिपोर्ट प्रकाशन गर्दै उनलाई कोरोना नभएको पुष्टि गरेको हो ।
राजेन्द्र मेओरियल रिसर्च इन्स्चिट्युट अफ मेडिकल साइन्स पटनाले वीरगञ्जका स्थानीय उद्योगी शिव कुमार रुङ्गटालाई कोरोना भाइरस नभएको आधिकारिक रिपोर्ट प्रकाशित गर्दै उनलाई कोरोना परिक्षण गर्दा नेगटिभ आएको बताएको छ ।
रुङ्गटालाई कोरोना लागेको एक नेपाली न्युज च्यानल र केहि स्थानीय अनलाईन न्युज पोर्टलहरुले समाचार प्रकाशित गर्दा त्रासको माहोल सृजना भएको थियो । वीरगञ्जसहित देशभरनै हल्ला चलेपछी स्थानीय प्रशासनले सबैलाई सावाधानी उपनाउ आग्रह समेत गरेको थियो ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पनि आफ्नो फेसबुकमा रुङ्गटालाई कोरोना नभएको पुष्टि भएको बताए ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ' शिव कुमार रुङ्गटा रिपोर्ट जस्ट नाव कन्फ़र्मेड ड्याट हि डजन्ट ह्याब कोरोना अर्थात धन्य भगवानको शिव कुमार रुङ्गटालाई कोरोना नभएको भर्खरै पुष्टि गरियो ।'
सरावगीले साथै सरकारलाई सम्पूर्ण कार्यालयहरु बन्द गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, 'सरकारलाई सबै कार्यालय बन्द गर्न आग्रह गर्दै सबै स्थानीयलाई पनि सतर्क रहन अनुरोध गर्दछु ।'
https://www.facebook.com/vijaykumar.sarawagi/posts/2997578986927816