×

 

वीरगञ्ज ९ चैत । सरकारले चीन र भारसँगको सीमा नाका एक हप्ता बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म नाका बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई मध्यनगर गर्दै छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उक्त कोषका लागि सबै मन्त्री १र१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ। मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केही सयमपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।

Back to top