वीरगन्ज ९ चैत । वीरगंजका एक जना माडवाडी समुदायका व्यक्तिमा नोबेल कोरोना भाइरस (कोभिड (१९) को संक्रमण देखिएको छ । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचाररत ६७ वर्षीय शिव कुमार रुंगटालाई कोरोना संक्रमण पुष्टि भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले बताएका छन् । वीरगंज घर भएका रुंगटा खदान व्यवसायी भएको यादवले फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् ।
यता भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचार अनुसार विहारको राजधानी पटनामा राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युटमा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ । त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ । स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए । तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ ।