वीरगन्ज ८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलील श्रोत नखुलेको अवैध रकम रु.४ लाख चौवालिस हजार रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१० घडिअर्वा स्थित BR05U3978 को मोटरसाइकल चलाई आएका भारत विहार मोतिहारी जिल्ला रक्सौल वडा नं. १४ बस्ने बर्ष २४ को बब्लु राजको साथबाट श्रोत नखुलेको अवैध रकम रु.४ लाख चौवालिस हजार रुपैया सहित पक्राउ परेका हुन ।
फेला पारेको नगद र मोटर साइकल सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई वैंक तथा वितिय सम्बन्धी ऐन अन्तर्गतको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।