×

वीरगञ्ज, चैत ६ - श्री एयरलाइन्सले सिमरा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरको एकाधिकार तोड्दै श्री श्री एयरलाइन्सलेले आगामी सोमबारदेखि सिमरामा टर्वोपर्प जहाजबाट सेवा सुरु गर्न लागेको हो ।

८० सिट क्षमताको ड्यास एट क्यू-४०० जहाजले काठमाडौं–सिमरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने श्रीका प्रबन्धक अनिल मानन्धरले बताए । काठमाडौँ - सीमार उडानमा विगत केहि वर्ष देखि बुद्ध एयरले आफ्नो एकाधिकार जमाएको थियो । बुद्ध एयरको विमान ढिलो उड्ने, धेरै रद्द हुने गुनासो आएपछि श्रीले सीमारबाट उडान थालेको हो ।

श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको छ ।

काठमाडौं – सिमरा उडानको भाडा दर ३ हजार रहेको श्रीले जनाएको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू४०० जहाज ल्याएको थियो । श्रीले सोही जहाज थप्ने घोषणा पनि गरिसकेको छ ।

Back to top