×

वीरगंज ३ चैत । भारत बिहार राज्यको रक्सौल शहरबाट अब भारतका विभिन्न स्थानका लागि हवाई सेवा सुरु हुनेभएको छ । एयरपोर्ट अथोरिटी अफ इण्डियाले रक्सौलस्थित विमानस्थलबाट अब भारतीय र नेपाली नागरिकले भारतका विभिन्न शहरहरुमा हवाई यात्रा गर्ने अनुमति दिएको हो ।

नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैद्यको प्रयासबाट हवाई सेबा सूचार हुनलागेको हो । एयरपोर्ट अथोरिटी अफ इण्डियाले एक पत्र जारि गर्दै रक्सौल विमानस्थलबाट आम जनताका लागि हवाई सेवा सुरु हुने जनाएको छ ।

एयरपोर्ट अथोरिटी अफ इण्डियाले फरबरी २० मा एक पत्र मार्फत रक्सौलबाट सेवा सञ्चालन गर्न चाहने ईच्छुक एयरलाइन्स कम्पनीसँग इच्छापत्र माग समेत गरेको मञ्चका अध्यक्ष अशोक बैद्यले बताए । उनले एयरपोर्ट अथोरिटी अफ इण्डियाले नेपाल भारत सहयोग मञ्चलाई पत्र काट्दै उक्त जानकारी उपलब्ध गराएको बताए ।

निर्णयबाट दुवै देशका नागरिकलाई एक अर्काे मुलुकमा सहज रुप यात्रा गर्नका साथै नेपालको पर्यटन व्यवसायमा पनि ठुलो सहयोग मिल्ने बुझिएको छ ।

Back to top