×

वीरगञ्ज, फागुन १९ - निजगढ स्थित मैत्री ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन भएको पाएपछि नियमक निकायले उधोगमा अनुगमन गरेको छ । उधोगको पानी प्रशोधीत भनिएपनि बोत्तलमा छ्याक्रा फेला परेको पाईए पछि उपभोक्ताले गुनास गरेका थिए । उत्पादीत पानीको शुद्धताको बिषयमा प्रयोगशाला परिक्षण समेत नभएको कुरा समाचारमा आएपछि नियामक निकायले शोमबार अनुगमन गरेको हो ।

उधोगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ कार्यान्वयन नगर्दा समेत नियमक निकायले अनुगमन नगरेको उपभोक्ताले गुनास गर्दै आएका थिए । कार्यालय तथा उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका व्यक्ति सम्मिलीत टोलीले आज अनुगमन गर्दा उधोगले पानी निर्देशिका बिपरित काम गरिरहेको फेला परेको छ । अनुगमन टोलिले उद्योगलाई सुधारका लागि १५ दिनको म्याद दिएको अनुगमन टोलीका प्रमुख खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन वीरगञ्जका श्रवण कुमार साहले जानकारी दिए ।

प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । तर मैत्री ड्रप्स र रौतहटको चन्द्रपुरमा रहेको मुन ड्रपले पानी निर्देशिकाको उलंघन गरेको पाईएको छ ।

उद्योगले गुणस्तरहीन पानि उत्पादन गरेको भेट्दा पनि खाद्य प्रविधि गुण नियन्त्रण डिभिजनले सुधारका लागि १५ दिने म्याद दिनुले अनुगमन गर्ने टोलि माथि संका खडा गरेको छ । उद्योग माथि कारवाही गर्नुको सट्टा सुधारका लागि म्याद दिनुले उपभोक्ता आक्रोशित भएका छन् । जितपुरका स्थानीय युवा सुलभ गिरीले गुणस्तरहीन पानि उत्पादन गर्ने उद्योगलाई कारवाही गर्नुपर्ने ठाउँमा सुधारको लागि म्याद दिनु गलत भएको बताउदै आक्रोश व्यक्त गरे ।

निगढमा रहेको मैत्री ठ्रप्सले अनुज्ञा पत्र समेत नविकरण नगरेको पाईएको छ भने उत्पादित पानिको ल्याव परिक्षण समेत भएको छैन ।

निर्देशिकाअनुसार स्वचालित मेशिन नराख्ने उद्योगले बोतलको पानी उत्पादन गर्न नपाइने भनिएको छ । उनीहरुको अनुज्ञापत्र समेत नवीकरण नहुने कानूनी प्रवधान छ ।

Back to top