वीरगञ्ज, फागुन १८ - निजगढमा रहेको मैत्री ड्रप्स निजगढमा रहेको र मुन ड्रप्सले उत्पादन गरेको प्रशोधित पानी गुणस्तरहीन पाइएको छ ।
उधोगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएको हो । नागरिक स्वास्थ्यमा प्रतिकूल असर नपरोस भनेर राज्यले पानी निर्देशिका जारी गरेको छ तर मैत्री ड्रप्स र मुन ड्रप्सले जनताको स्वास्थय संग खेलवाड हुने गरि मापदण्ड बिपरित पानीको उत्पादन र बिक्री बितरण गरीरहेको पाइएको छ ।
निर्देशिका अनुसार बोतल पानी उत्पादनमा बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । तर मैत्री ड्रप्स तथा रौतहटको चन्द्रपुरमा रहेको मुन ड्रपले पानी निर्देशिकाको उललंघन गरेको पाइएको हो ।
उधोगको अनुगमन नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख रत्नकान्त झाले बताउनुभयो । निगढमा रहेको मैत्री ड्रप्सले अनुज्ञा पत्र नविकरण समेत गरेको छैन । बारा पर्सामा कति उधोगले मापदण्ड पुरा गरेका छन भन्ने कुराको तथ्यांक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जमा नरहेको पाईएको छ ।