वीरगन्ज १७ फागुन । कुमुदिनी एकेडेमीको ९ औँ वार्षिक उत्सवको अवसरमा परम्परा पार्टि प्यालेसको सभाहलमा वार्षिक उत्सव धुमधामका साथ मनाईएको छ । यस वार्षिक उत्सवमा पर्साकी पिडित छात्रा मुस्कान खातुनको पिडाको शब्दहरुले बोल्दा आएका अतिथी, प्रमुख अतिथी र अभिभावकहरु आफनो आँखाको आँसु रोक्न सकेका थिएनन् ।
मुस्कान माथी भएको एसिड प्रहारको कुमुदिनि एकेडेमीका विद्यार्थीहरुले सत्यकथामा आधारीत नाटक प्रस्तुत गर्दा मुस्कान समेतले सभाहलमा रुन थालीन् । मुस्कानका अनुसार प्रदेश नंं.२ का मुख्यमन्त्रि लालबाबु राउतले बेटि पढाउ, बेटि बचाउ योजना लाएता पनि हाम्रो पठन पाठन किन खोसिएको भन्ने प्रश्न प्रदेश नं. २ का मुख्यमन्त्रिसँग कार्यक्रमको माध्यमबाट विरोध जताएकी थिन् ।
कुमुदिनि एकेडेमीकी निर्देशीका चान्दनी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पर्साका प्रहरी उपरिक्षक गंगा पन्त, विशिष्ठ अतिथी मुस्कान खातुन, उद्योगपति अशोक बैद्य, बि.सि.सि.का निर्देशक शुसिल भट्टराइ नेपाल टेलिभिजन का नेहाल खान, नेपाल पत्रकार महाससंघ का युवराज खड्का लगायतको उपस्थिती रहेको थियो ।