×

वीरगंज, फागुन ७ - रेडियो सान्भी ९६ दशमलव ४ मेगाहर्जले बुधबारदेखि नियमित प्रसारण सुरु गरेको छ । पीसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भीले ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर नियमित प्रसारण आरम्भ गरेको हो।

एक महीनादेखि परीक्षण प्रसारणमा रहेको रेडियो सान्भीले सूचनामूलक र मनोरञ्जनमूलक कार्यक्रममार्फत बेग्लै पहिचान स्थापित गर्ने उद्देश्यका साथ बुधबारदेखि नियमित रुपमा समाचार र कार्यक्रमहरु प्रस्तुत गर्न थालेको हो । रेडियो सान्भीका श्रोताले अबदेखि प्रत्येक दिन बिहान ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न समाचारमूलक र मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष सूचनामा आधारित समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिने पीसी मिडिया नेटवर्क प्रालिका निर्देशक श्रुति रौनियारले बताउनुभयो । रेडियोका यस्ता कार्यक्रमहरुले स्रोताको मन जित्ने विश्वास निर्देशक रौनियारले व्यक्त गर्नुभयो ।

सूचना र संगीतको संगम रेडियो सान्भी ९६.४ मेगाहर्जले तथ्यमा आधारित समाचार सामग्री र सूचनामूलक कार्यक्रमहरुमार्फत सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको उत्थानमा योगदान पु¥याउने उद्देश्य राखेको छ । रेडियोले विकास र समृद्धिको प्रवद्र्धन एवम् सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रका असंगतिहरुविरुद्ध निरन्तर खबरदारी गर्ने छ ।

पीसी मिडिया नेटवर्कले रेडियो सान्भीका अलावा अनलाईन न्युन पोर्टल पनि प्रकाशन गरिरहेको छ । निकट भविष्यमा श्रव्यदृष्य सञ्चारमाध्यम पनि सञ्चालनमा ल्याउने योजना राखेको छ ।

Back to top