बीरगंज ७ फागुण । ७० औं प्रजातन्त्र दिवस एवम् पुर्व वडा महारानी कोमल शाह सरकारको जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ ।
बीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी उषा शाहले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै शाहले अब पनि देशका जनताहरु नचेतिएमा भोली आउने समयमा नेपालीका सतन्तीहरु बिदेशीका दास बन्ने ठोकुवा गर्नु भयो ।
जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाहले शब्द भन्दा पनि कर्ममा उत्रिन जरुरी रहेको र प्रजातन्त्र धर्मको निर्वाह गर्नुपर्ने कुरामा जोडदिनु भयो I
बीरगंज महानगर पालिकाका उपप्रमुख शान्ति कार्कीले प्रजातन्त्रको लागि त्रिभुवन सरकारको ठूलो योगदान रहेको हुनाले बहाँलाई कहिले पनि बिर्सन नहुने बताउनु भयो ।
राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, राष्ट्रिय नागरिक संघर्ष समिती पर्साका अध्यक्ष दिनानाथ यादव, पूर्व जिल्ला सभापति शम्भु चौरसिया, पत्रकार किरणराज पाण्डे, पत्रकार प्रणय कुमार, सचिव मकबुल मियाँ बरई, ज्ञानी प्रसाद राउत, राजकिशोर यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरेले गर्नु भएको थियो भने सहजीकरण नगर अध्यक्ष उपेन्द्र बरई र अरुणबिक्रम शाहले संयुक्त रुपमा गर्नु भएको थियो ।