×

 

वीरगन्ज ७ फागुन । नेपाल राष्ट्रवाद संघले वीरगन्जको घण्टाघर चोकबाट बाजागाजका साथ निकालेको जुलुश मुलुकमा सैनिक शासनको माग गर्दै प्रदर्शन गरेको छ ।

संघले बुधबार प्रजातन्त्र दिवसको अवसरमा राजतन्त्रसंगै मुलुकमा सैनिक शासन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हो ।

वीरगन्जको घण्टाघर चोकबाट बाजागाजका साथ निकालेको जुलुश माइस्थान, आदर्शनगर, घडीअर्वा हँुदै पुन : घण्टघार चोकमा फर्किएर समापन भएको थियो । जुलुशमा सहभागीहरुले राजा आउ देश बचाउ, राजसंस्था पुन : स्थापना गर, सैनिक शासन लागु गर, राजनीतिक दल मुर्दावाद लगायतका नारा लगाएका थिए ।

आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलहरुको अराजकताका कारण भ्रष्टचार र लुटतन्त्र बढेको आरोप लगाए । उनले भने, “दलका नेताहरुकै कारण मुलुक बर्बाद भएको छ, अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता आजीत भएका छन्, त्यसैले यो मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्छ, देशमा सैनिक शासन लागु हुनै पर्छ ।”

कार्यक्रममा नेपाल राष्ट्रवाद संघकी जिल्ला अध्यक्ष संगीता देवी साह, उपाध्यक्ष उमाशंकर कलवार , सचिव सन्तोष गुप्ता, कोषाध्यक्ष विष्णु कुमार दास लगायतको सहभागीता रहेको थियो ।

Back to top