×

 

वीरगन्ज ७ फागुन । नेपाल र सशस्त्र प्रहरीकै मिलोमतोमा पर्साको ग्रामिण भेगबाट खुलेयम लागु औषधको तस्करी भैरहेको छ ।

बुधबार पर्साको ग्रामिण भेगको भिस्वा नाका हुँदै भारत तर्फ प्रवेश गरेको भारतीय स्कोरर्पियो गाडीबाट नेपाल भारत सिमामा तैनाथ भारतीय एसएसबी टोलीले भारी मात्रामा लागु औषध चरेस बरामद गरेपछि नेपाल र सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भएको तथ्य खुलेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट तस्करी शुन्य अवस्थामा रहेको दावी गरी रहेको बेला यो घटनाले प्रहरीमाथि प्रश्न चिन्ह खडा गरेको छ । यो घटनाले जिल्लाको ग्रामिण नाकाबाट तस्करी भएको प्रमाणित गरेको छ ।

सिमामा तैनाथ भारतीय सिमा सुरक्षा बल (एसएसबी) टोलीले ५० किलो लागु औषध चरेस बरामद गरेको हो । नेपालबाट खरीद गरिएको लागु औषध चरेस भारतीय नम्बरको स्कार्रि्पियो गाडीमा लुकाई छिपाई भारत प्रवेश गर्दा एसएसबी टोलीले २ जना युवकसहित चरेस बरामद गरेको हो ।

पर्साको छिपहरमाई गाउँपालिकाको नेपाल भारतको भिस्वा सिकटा नाकाबाट ४७ वी वाहिनी सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को विशेष सुरक्षा टोलीले चरेस सहित भारत बिहार छपराका ३४ वर्षिय युवक अजय कुमार र राजन कुमार सिंहलाई पक्राउ गरेको हो ।

अन्तर्रा्ष्ट्रिय मुल्य अनुसार बरामद गरिएको चरेस २० करोडको रहेको एसएसबीका कार्यवाहक प्रमुख राज कुमार खलखोले बताए । नेपालबाट ल्याएको लागु औषध बिआर ०४ पिए १५८० नम्बरको स्कोरर्पियो गाडीमा भारतको विभिन्न शहरमा पुर्याउन लगि रहेको भनि आएको विशेष सुचनाको आधारमा सिकटा बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

Back to top