×

 

वीरगन्ज ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १८ जना कैदी वन्दीहरु बिभिन्न मुदामा कैदी जिवन विताइ रहेका उनीहरुको चालचलन राम्रो रहेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनहा गरिकी हुन् ।

मन्त्री परिषद्को सिफारिसमा फागुन ७ गते देखि लागु हुने गरि उक्त सङ्ख्याका कदैहरुको कैद मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन २०७४ तथा फौजादी कसूर निमावली २०७६ बमोजिम राष्ट्रपतिले कदैहरुको कैद मिनाहा गरेकी हुन् ।

वीरगन्ज कारागारबाट १८ जना कैदी वन्दीहरु रिहा हुदैछन् । उनीहरुलाई टिका लगाएर राम्रो जिवनको शुभेच्छा सहित रिहा गरिने वीरगन्ज कारागारका प्रमुख श्रवन कुमार पोखरेलले बताउँनु भयो । कैद कट्टि भएका सवै कैदी र निजका आफन्तजनहरुलाई हार्दिक बधाइ सहित सामाजिकिकरणको प्रकृयामा सफलता मिलोस शुभकामना वीरगन्ज कारागारका प्रमुख पोखरेल दिनु भएको छ ।

वीरगन्ज कारागारबाट अङग्भङ मुद्वा ६ जना,कुटपिट अङभङ १ जना, बन पैदावार ४ जना,ज्यान मार्ने उद्योग २ जना, किर्ते १ जना,हातहतियार २ जना र सवारी ज्यान २ जना गरी १८ जना कैदीहरु कैद मिनहा भई रिहा भएको वीरगन्ज कारागारले जनाएको छ । वीरगन्ज कारागारबाट रिहा हुने सबै पुरुष रहेको वीरगन्ज कारागारले जनाएको छ ।

Back to top