×

 

वीरगन्ज ६ फागुन । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा सोमबार भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे पसल संचालक मनोज कुमार गुप्ताले वताएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित माइस्थाकाे विट्टु किराना पसलको गोदाममा सोमबार दिउँसो अचानक आगलागि हुदाँ करिब ४० लाख मुल्य बराबरकाे धनमाल जलेर नष्ट भएको पिडितले वताएका छन् ।

स्थानिय मधुसुधन अग्रवालको घरको दोश्रो तलामा बाराकाे सुवर्ण गाउँपालिका वडा नं. २ घर भएका मनोज कुमार गुप्ताले भाडामा लिई किराना पसलकाे गोदाम राखेका थिए । गोदाममा कस्मेटिक देखि किरानाको समान स्टोर राखिएको थियो । साेही समान आगलागीले जलेर र केही समान आगाे निभाउने क्रममा पानीले नष्ट भएकाे पसल संचालक गुप्ताले वताए । उनले रु ४० लाख बराबरकाे समान जलेर नष्ट भएकाे वताए ।

पसलका संचालक गुप्ताका अनुसार गोदामा राखिएको कस्मेटिक समान र किराना आईटमका आधी भन्दा बढी समानहरु जलेर करिब ४० लाख भन्दा बढीको क्षति भएको छ ।

Back to top