काठमाडौँ, माघ २८ - ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजीको रुपमा रहेका छन् ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहेमा ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठनको नेतृत्व गर्ने छन् ।