बीरगञ्ज,२४ माघ । प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि वीरगंजले यहि फागुन ४ देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गर्न लागेको छ । अस्पताल प्रसाशनले आज पत्रकार सम्मेलन गरी बिहान १० बजे देखि २ बजे सम्म अस्पताल परिसरमैै शिविर संचाल्न गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं सर्जन डा. मनोज कुमार गुप्ताले शिविरबाट निम्न आय भएका व्यक्तिहरु बढी लाभान्वित हुने बताउनु भयो । फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्राई , फिजिसियन डा. उदयनारायण सिंह,डा. महेश्वर प्रसाद कुर्मीले स्वास्थ्य चेकजाच गर्ने छन ।
फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. रविन्स कुमार साह, डा. चन्द्रभुषण यादवले स्वास्थ्य शिविरमा चेकजाच गर्ने छन । फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम,डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह,डा. अमित ठाकुरले चेकजाच गर्ने छन भने फागुन ७ गते बरिष्ठ नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधानले चेकजाच गर्ने छन ।
फागुन ८ बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता,डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा. मनोज कुमार गुप्ताले चेकजाँच गर्ने जानकारी दिनुभयो । उहाँले शिविर अवधिभरी ओपिडिमा ५० प्रतिशत ,एक्सरे,भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका संचालक एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ताले अस्पताल माथि लागेको आरोप गलत प्रमाणित भएको जानकारी दिनुभयो । डा. गुप्ताले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरेको समेत जानकारी दिनुभयो ।
काउन्सिलको सफाई संगै अस्पतालमा पुनः शल्यक्रिया शुरु गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख लक्ष्मी खरेलले गर्नुभएको थियो ।