वीरगन्ज २३ माघ । अजय अग्रवाल र तिनका छोरा राहुल अग्रवाल दुई देशको नागरिक भएको खुलासा भएको छ ।
साविक वीउमनपा वडा नं. १३ हाल वीरगंज महानगरपालिका वडा नं. १० निवासी स्व. मेरचन्द अग्रवालका छोरा अजय र नाति राहुल भारत र नेपाल दुवै देशको नागरिक भएको खुलासा भएको हो ।
प्राप्त समाचार अनुसार वीरगंज आदर्शनगर निवासी (आदर्श किराना) का संचालक भनि चिनिने अजय अग्रवाल र उनका छोरा राहुल अग्रवाल नेपालको बंसज नागरिक भए पनि भारत बिहार राज्य खगडिया विधान सभा क्षेत्र हसनपुरबाट भारतीय नागरिक रहेको प्रमाण फेला परेको छ ।
किराना समाग्रिको कारोवारमा खप्पीस अजय अग्रवाल आप्mनै कुकृत्य गतिविधिका कारण वीरगंजबाट पलायन भए पनि अहिले काठमाण्डौंमा बसेर पाकिस्तानबाट छोहडा आयात गरी अवैध रुपले भारत पठाउने गरेका छन ।
नेपालमा बसेर वैध÷अवैध कारोवार गरी कमाएको अकुत एवं कालो सम्पति व्यवस्थापनको लागि भारतमा समेत नागरिकता लिएको उनि निकट श्रोतको दावी छ ।