वीरगंज, माघ २० - वीरगंज महानगरलाई बाल मैत्री महानगर बनाउने आफ्नो योजनामा आफू अग्रसर रहेको महानगरका मेयर बिजय कुमार सरावगीले बताएका छन् ।
सोमबार वीरगंज कारागारस्थित समता स्कुलको छैठौं बार्षिकोत्सव तथा अभिभावक भेलामा सरावगीले वीरगंज महानगरलाई बाल मैत्री बनाउने आफ्नो योजना जारी रहेको बताए ।
उनले समता स्कुल र यसको गतिविधिसंग आफू धेरै अघि देखि जानकार रहेको बताउदै ७७ वटै जिल्लामा विद्यालय संचालन गरी एक सय रुपैयामा अंग्रेजी माध्यमबाट शिक्षा दिनु अत्यन्त सराहनिय कार्य भएको बताए । नगर प्रमुख सरावगीले वीरगंज कारागारका वन्दी लगायत सिमान्तकृत बर्गका बालवालिकाले पनि शिक्षा पाउनु पर्ने धारणाले संचालित समाता स्कुलको विकासका लागी महानगरपालिका र आफ्नो निजि तर्फबाट पनि हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।
महानगरपालिकाको कार्यालयका शिक्षा महाशाखाका अधिकृत हरी राउतले बिपन्न र सिमान्तकृत बर्गका बालबालिकालाई लक्षित गरी विद्यालय सन्चालन गर्नु उदाहरणिय कार्य रहेको बताए ।
उनले यस्ता सामाजिक संस्थाहरुको संख्या जति वृद्धी हुदै जान्छन् त्यति समाज लाभान्वित हुने बताए । समता ट्रष्टका निर्देशक दीपक सन्जेलले हाल मुलुक भरी समताका ८० विद्यालयमा ४० हजार ३ सय २१ विद्यार्थी अध्ययनरत रहेको बताउदै आउदो एक दशक भित्र संपूर्ण विद्यालयको आफ्नै भवन बनाउने योजना रहेको बताए ।
युवा सामाजिक अभियन्ता दिलिपराज कार्कीले समता विद्यालयको संरक्षण र सम्बद्र्धनमा जोड दिए । विद्यालयकी प्रध्यानाध्यापिका अनामिका मिश्राको अध्यक्षता सम्पन्न कार्यक्रममा कारागारका जेलर श्रवण कुमार पोखरेल, सामाजिक अभियन्ता प्रकाश थारु,संस्थापक अध्यकक्ष एवम पत्रकार शंकर आर्चाय एवम युवा नेता पिन्टु उपाध्याय लगायतका व्यक्तिहरुको सहभागी थियो ।