×

वीरगञ्ज, १८ माघ - संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पर्सा क्षेत्र नम्बर ३ का दुई सडक योजनाका लागि २० करोड रुपैयाँ निकासा दिएको छ । पर्साको रामनगरीदेखि श्रीपुर पचगवा रंगपुर टाँडी र बहुअअर्वा विश्रामपुर बहुअरीसम्मको लागि सो रकम निकासा भएको पर्सा ३ का सांसद हरिनारायण रौनियारले जानकारी दिनुभयो ।

रामनगरीदखि श्रीपुर पचगवा रंगपुरटाँडीसम्मको वहुवर्षीय योजनाअन्तर्गतको १२ किलोमीटर सडक निर्माणका लागि १० करोड र बहुअर्वादेखि विश्रामपुर डकैला बहुअरीसम्म १० करोड रुपैयाँ रकम निकासा दिने भएको हो । सांसद रौनियारको पहलमा आएको यो रकम यसै आर्थिक वर्षको असार मसान्तभित्र खर्च भइसक्ने योजना राखिएको छ ।

सडकको ठेक्का प्रक्रिया यही माघ महीनाभित्र अघि बढिसक्ने र असार मसान्तमा दुवै सडक योजनाका लागि छुट्याइएको रकम खर्च गरिसक्ने योजना मन्त्रालयको छ । यो वर्ष पूरा हुन नसकेको सडक वहुवर्षीय योजनाको रुपमा आगामी वर्षमा अघि बढाइने बताइएको छ ।

Back to top