×

 

वीरगंज १६ माघ । नेपाल सरकारले घोषण गरेको नेपाल पर्यटन वर्ष २०२० अभियानलाई सफल पार्न विभिन्न कार्य योजना सार्वजनिक गरेको छ यस अभियानमार्फत सरकारले ८० मुलुकबाट पर्यटक नेपाल भित्र्याउन लक्षलिएको छ नेपाल सरकारले लक्ष लिएकै बेला भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम बस्ने ३२ बर्षीय सुभाष चन्द लाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

सुभाष चन्दका आफन्तका अनुसार उनि रक्सौलबाट वीरगंज हुदै काठमाडौं र पोखरा तर्फ घुमन जादै थिए । तर उनलाई पर्सा प्रहरीले बुधबार दिउँसो वीरगंजको घण्टाघर चोकबाट पक्राउ गरेको छ । चन्द सवार बा ६ च ७४४० नम्बरको सेन्ट्रो कार र उनि संग १२ लाख रुपैया रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वीरेन्द्रबहादुर शाहीले बताए ।

पक्राउ परेका चन्दलाई थप कारबाहीका लागि राजस्व विभागको पथलैयास्थित कार्यालयमा बुझाइएको डिएसपी शाहीले जानकारी दिए ।

Back to top