×

 

वीरगन्ज १५ माघ । बिदेशीहरुको चलखेलमा नेपाललाई हिन्दु राष्ट्रबाट बन्चित गरेको हो नेपालमा अहिले पनि ८२ प्रतिशत जनसंख्या हिन्दुजातीहरुको रहेको छ ।

हिन्दु धर्म सनातन धर्म हो । अहिले परिस्थितीमा नेपालमा हिन्दु धर्मका जातीका वासिन्दाहरु असुरक्षित महसुुुस गरेका छन् । नेपालको संबिधानमा धर्म परिवर्तन गराउन समुहहरुलाई कारवाही हुने प्रावधान हुदां पनि खुलेआम नेपालका गरीब जनताहरुलाई रकमको प्रलोभन दिई धर्म परिवर्तन गराईरहेका छन् जुन नेपालको ऐन बिपरीत हो ।

हिन्दुधर्मका जातीहहरुले आफनै देशमा असुरक्षित महसुस गरेको एक हिन्दुवादी नेताले भने, आउने दिनमा हिन्दुको जनसंख्या एक न्युन हुने र अन्य जातीका जनसख्या नेपालमा हाबी हुने हिन्दु नेताको दाबी रहेको छ ।

सनातन धर्म भएका हिन्दुहरुलाई अन्य जातीहरुले नेपालबाट प्लायन गराउने ठुलो षड्यन्त्र भईरहेको उनको भनाई रहेको हो । हाम्रो धर्म, देश, घर परिवारका सदस्यहरुलाई जोगाउनका लागी हामी सबै जना एक हुन आवश्यक रहेको बताएका छन् ।

Back to top