वीरगंज, ९ माघ । गाँजा तस्कर र सशस्त्र प्रहरीबीच मङ्गलवार राति गोली हानाहान भएको समाचार छ । मकवानपुरको मनहरिबाट जङ्गलको बाटो भएर पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका, इदगाहमा आएका गाँजा तस्करसँग सशस्त्र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ ।
बेलुकी ९ बजे बोर्डर आउटपोस्ट भिखमपुरबाट खटेको सशस्त्र प्रहरी टोलीमाथि गाँजा तस्करहरूले फायरिङ गरेका थिए । जवाफमा सशस्त्र प्रहरीले पनि तीन राउन्ड गोली प्रहार गरेको सशस्त्र प्रनि निरञ्जन नियाजुले बताए । उनले एक पोका (८ किलो ४ सय ग्राम) गाँजा बरामद भएको जानकारी गराए ।
जङ्गलको बाटोबाट गाँजा तस्करहरूले साताको दुई दिन ठूलो परिमाणमा गाँजा, चरेस ल्याउने र भारत लैजाने कार्यलाई निरन्तरता दिंदै आएका छन् । हिजो बेलुकीको घटनामा पनि ठूलो परिमाणमा गाँजा ल्याइएको स्रोतको दाबी छ । सशस्त्र प्रहरीले भने एक पोका गाँजा मात्र बरामद भएको जनाएको छ ।
गोली हानाहानको घटनामा तस्करहरूमध्ये एकजनाको मात्र पोका खसेर प्रहरीले बरामद गर्नुलाई अहिले विभिन्न दृष्टिकोणबाट शङ्का गरिंदै छ । सशस्त्र प्रनि नियाजुले एउटा मात्र पोका बरामद भएको आपूmलाई सूचना प्राप्त भएको बताए ।