वीरगंज ४ माघ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम आज समपन्न भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बीरगन्ज पर्साको आयोजना र राष्ट्रिय बाणिज्य बैंकको समन्वयमा घण्टाघरमा सो कार्यक्रम भएको हो।
कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले सडक फराकिलो हुनु पर्छ भनेर नगर परिषद्बबाट १५ र १५ मिटर पास गरिसकेको तर अहिले अदालतमा मुद्दा विचाराधीन रहेकोले काम गर्न असजिलो भएको बताएका छन् ।बीरगन्जको मेनरोड फराकिलो हुने बितिकै सडक ब्यवस्थापनमा समस्यामा कमि आउने धारणा राख्न भएको थियो ।
महानगर र जिल्ला प्रशासनकोको सयुक्त प्रयासमा सवारी पार्किङको समस्या समाधान गर्न पहल गर्ने समेत नगर प्रमुख सरावगीले प्रतिबदता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,बीरगन्ज उधोग बाणिज्य सघका अध्यक्ष गोपाल केडिया नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जारा,प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगायतले धारणा राख्नुभएको थियो ।
दिनु भएको थियोे ।कार्यक्रममा स्वागत मनतब्य प्रदेश नम्बर २ ट्राफिक इन्चार्ज एसपी श्याम कुमार महतोले गर्नु भएको थियो ।धन्यवाद ज्ञापन राष्ट्रिय बाणिज्य बैंकका विश्व प्रकाश पोख्रेलले गर्नु भएको कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक कार्यालयका निरिक्षक कमलराज पन्डिले गर्नु भएको थियो ।कार्यक्रम अघि बीरगन्जको घन्टाघरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी गरि नगरको विभिन्न भाग परिक्रम गदै कोणसभामा परिणत भएको थियो ।