×

 

वीरगन्ज १२ फागुन । पर्सा क्षेत्र नम्बर १ का सांसद एवं समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रदिप यादवले राजनितिमा उतार चढाव सामान्य भएको बताउनुभएको छ । आवाज एफ. एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै सांसद यादवले निराधार हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।

यादवले आफु जनताको बिच रहने नेता भएकोले दिनरात जनताको काममा खट्ने गरेको दावी गरे । सांसद यादवले पार्टी बिपरित कुनै गतिबिधि नगरेको बताउदै पार्टील गरेको कारवाहीबारे थाहा नभएको बताउनुभयो । उहाँले पार्टी निर्णयलाई सम्मानजनकले स्वीकार गरेको बताउदै निरन्तर पार्टीको हक हितको लागि काम गरेको जानकारी दिनुभयो ।

उहाँले पर्सावासीले गरेको योगदानको उच्च सम्मान गर्दै जनताको मतको सहि सदिपयोग गर्ने जिकिर गर्नुभयो । सांसद यादवले चाडैनै जनताले बिकाशको अनुभुति गर्ने जिकिर गर्नुभयो । ।गरिवी निवारण गर्न तिनवटै निकाय मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताउने सांसद यादवले प्रदेशलाई अधिकार सम्पन्न र शक्तिशाली नबनाए सम्म बिकाश सम्भव नरहेको ठोकुवा गर्नुभयो । यादवले देशबाट गरिवी हटाउन बिना व्याज ऋणको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

विभेद नहटे सम्म देशबाट गरिवी र वेरोजगारी नहटने यादवले ठोकुवा गर्नुभयो । सता र प्रतिपक्ष दुवै मिलेर देशलाई लुटिरहेको आरोप लगाउदै दुवै पार्टी मिलेर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । सेक्युरेट्री प्रेस खरिद, वाईड वडी ,एनशेल ,ललिता निवास प्रकरणमा नेपाली काँग्रेस र नेकपा दुवै दोषि रहेको सांसद यादवको आरोप थियो ।

प्रशासनिक र बिकाश निर्माणमा हुने भ्रष्टाचारमा फरक रहेको बताउदै बिकाश निमार्णमा कमिशन खाने आमाको रगत खाने सरह भएको बताउनुभयो । कर्मचारीतन्त्रमा अहिले पनि पुरातन सोच रहेकोले पनि काम गर्न समस्या भएको बताउनुभयो ।

सेक्युरेट्री प्रेसमा साढे चार अर्बको भ्रष्टाचारी भएको जानकारी दिदै सतासिन कम्युनिष्टहरु कमाउनुष्टि भएको आरोप लगाउनुभयो । दुई तिहाईको सरकार जनतालाई निरास बनाएकोे यादवको कथन थियो । नेताको भ्रष्टाचार काण्ड सार्वजनिक भएपछि राजिनामा दिनु ठुलो कुरा नभएको सांसद यादवको भनाई थियो ।

हुलाकी राजमार्ग मधेशको मुटु भएको जानकारी दिदै तिन बर्ष भित्रै हुलाकी राजमार्गको निमार्ण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । हुलाकी राजमार्गको बिकाशमाा संघ सरकार गम्भिर ढंगले लागि परेको बताउनुभयो । सातवाट प्रदेश मध्ये प्रदेश नम्बर २ उत्कृष्ट कार्य गरेको जानकारी दिदै प्रदेश नम्बर २ ले सवैलाई चकित पार्ने योजना ल्याएको बताउनुभयो ।

प्रदेश २मा मधेशवादी दलकै सरकार भएको कारण संघले पनि प्रशेश नम्बर २ लाई बिभेद गरेको आरोप लगाउनुभयो । तिन बर्षभित्र वीरगंजमा देख्ने गरी बिकाश हुने दावी गर्नुभयो ।संघ सरकारले छालाको रंग हेरेर बजेट बिनयोजित गरेको आरोप लगाउदैे मधेश संग धेरै नै बेइमानी हुने गरेको बताउनुभयो ।

भरतपुर र वीरगंजकै बजेट बिनयोजनमा धेरै बिभेद रहेको जनाउदै पोखरीया र वीरगंजको वजेट सरकारले नदिएर बेइमानी गरेको आरोप लगाउनुभयो । पर्साको बिकाशको लागि आफु सदनमा लडेको बताउदै सदनमा जनताको हरेक समस्या उठान गरेको जानकारी दिनुभयो । नेपाली काँग्रेसले प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर तोकेको बताउदै प्रदेश २ को राजधानिकाको लागि वीरगंजको बिकल्प नरहेको बताउनुभयो ।

नेपालको मुख्य प्रवेशद्वार वीरगंज राजधानीको उपयुक्त रहेको जिकिर गर्नुभयो । उहाँले बिना प्रमाण प्रदेश दुई को सरकार माथि प्रश्न चिन्ह उठाउन नसिकने भन्दैे प्रदेश सरकारले दलिय भागभाण्डामा ट्याक्टर नबाँडेको दावी गर्नुभयो । प्रदेश २बाट तिन जिल्ला हटाउने कुरा कल्पना समेत गर्न नसिकने बताउने मधेसलाई कमजोर बनाउने तत्वहरु यस्ता हल्लाहरु फैलाएको आरोप लगाउनुभयो । उहाँले मधेशलाई गुलाम बनाउनेहरुले यस्ता हावादारी ग्राण्ड डिजाइन बनाउने गरेको जानकारी दिनुभयो । जनता दर्शन कार्यक्रम मार्फत जनताको समस्या बुझन घरदैलैमा जान सहज भएको यादवको कथन थियो ।

जनताको समस्या बुझन जनता दर्शन कार्यक्रम शुरु गरेको जानकारी दिदै जनताको वास्तविक र यर्थात समस्या बुझन जनताको घरमै पुग्ने गरेको बताउनुभयो । यादवले आफु मधेशको सच्चा सपुत भएको बताउदै मधेशको मुद्दा संग मन्त्री पद न साटेको बताउनुभयो । उहाँले मधेशको मुद्दा समाधानको लागि सरकारमा गएको बताउदै सरकारले माँग सम्बोधन नगरेपछि सरकारबाट बाहिरिएको बताउनुभयो ।

यादवले शक्ति संचय गरेर पुनः मधेशको हक अधिकारको लागि आन्दोलन गर्ने बताउनुभयो । यादवले गाँउको बिकाश नभए सम्म पर्साको बिकाश नहुने बताउनुभयो । लेखा समिती मार्फत आफुले वाईड बडी प्रकरणमा छानबिन गर्न निरन्त दवाव दिदै आएको जानकारी दिदै वाइड बडी छानबिन भए धेरै नेता र कर्मचारी जेल जाने बताउनुभयो ।उहाँले पर्साका पर्यटकिय स्थलको पनि बिकाश गरिनुपर्ने धारणा राख्नुभयो । यादवले पर्साको बिकाशको लागि शिक्षा,स्वास्थ्य ,सडक लगायतको क्षेत्रमा बिशेष ध्यान दिनुपर्ने आग्रह गर्नुभयो । उहाँले मधेशको मुद्दा र बिकाश निर्माणमा कुनै सम्झौता नहुने ठोकुवा गर्नुभयो ।

Back to top