×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा मङ्गलवार घटेको सुनको भाउ बुधवार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलवार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।  

त्यसै गरी बुधवार चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १०  रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलवार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।

Back to top