चकचके बानीमा झिसमिसे बिहानी
कहिले निर्भर होउँला तिमी नानी
उचालिँदै छ विश्वको विकास
कहिले वाकिसिन्छ तिम्रो न्यानो बानी
चकचके बानीमा झिसमिसे बिहानी
छिट्टै बुझ्ने हुन्छ म सानी नानी
उचालिँदै छ सगरमाथा
अब वाकिसिन्छ मेरो न्यानो बानी
सानो आँखामा सूर्य झैँ सपना
पिछडिएको देशको मनमा बिपना
लालीगुराँस झैँ कहिले फुल्छौ होला
कहिले परदेशी फर्किएला देश अपना
सुरिलो आँखामा शीतलको चन्द्रमा
कोमल हातमा ताराको तापमान
निलो आकाश झैँ सफा मेरो मन
नेपाली आत्मा थाक्दैन कहिले
थाकिन सक्छ होला यो मन
रित्तो समयमा पनि सोच्ने मेरो बानी
खडेरीमा रूख रोप्ने मेरो बानी
सधैँ अमर नरहिएला तर
सम्झना छोडेर हिँड्ने मेरो बानी
लटपटे बोलीमा कञ्चन झैँ वाणी
शिष्ट स्वभावले बनिन्छ ज्ञानी
आदर सम्मान संस्कृति हो नेपाली
चिनाउँछे हाम्रो देश सगरमाथा उचाली
चकचके बानीमा झिसमिसे बिहानी
कहिले निर्भर होउँला तिमी नानी
उचालिँदै छ विश्वको विकास
कहिले वाकिसिन्छ तिम्रो न्यानो बनी
चकचके बानीमा झिसमिसे बिहानी
छिट्टै झुम्ने हुन्छ म सानी नानी
उचालिँदै छ सगरमाथा
अब वाकिसिन्छ मेरो न्यानो बानी
(लेखक वीरगञ्ज - ९ पानगल्लीस्थित बीपीएस प्लस टू विज्ञान तथा व्यवस्थापनको कक्षा १२ मा अध्ययनरत छिन् ।)