×

२०८० लाई हामीले विदा गरिसकेका छौ र नयाँ वर्ष २०८१ को स्वागत गरिसकेका छौं । २०८० लाई फर्केर हेर्दा हामीले के पायौ र केमा चुक्यौं, साथै २०८१ लाई अब हामीले कसरी उपलब्धिमूलक बनाउन सकिन्छ ।

२०८० का केही घटनाक्रमहरूः
यो वर्ष दुर्घटनाको वर्षका रूपमा स्मरणीय रहने छ किनभने २०८० भित्र देशमा सडक दुर्घटनामा असाधारण सङ्ख्यामा मानिसको ज्यान गयो ।

२०८० आर्थिक मन्दीको वर्ष पनि रहन गयो, किनभने २०८० को शुरूदेखि अन्त्यसम्म असामान्य मन्दीको बादलले पूँजी बजार, घरजग्गा व्यवसाय र सबै प्रकारका थोक तथा खुद्रा व्यापारलाई नराम्ररी असर पु-यायो ।

यो वर्ष बैंक ऋणको तनाव र व्यापारको बोझले साना तथा मझौला व्यवसायी आत्महत्याको विन्दसम्म पु¥याएको वर्षका रूपमा स्मरणीय रहने छ । यसबाहेक भूटानी शरणार्थीकाण्ड लगायतका सार्वजनिक तथा व्यक्तिगत काण्डहरू पनि सुन तस्कर घोटाला, सहकारी घोटाला, अर्थात् घोटाला नै घोटालाको वर्षको रूपमा स्मरणीय रहने छ ।

यस वर्ष अभूतपूर्व घटनाहरू भएका छनः
२०८० लाई नेपालमा एकै वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेद भएको वर्षको रूपमा लिन सकिन्छ । यो वर्ष करीब ३६००० सम्बन्धविच्छेद भएको तथ्याङ्क छ । सन् २०८० मा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको रेकर्ड कायम हुन गयो ।

नेपालको वायु प्रदूषणको स्तर विश्वमा सबैभन्दा बढी छ । सम्भवतः सन् २०८० लाई दोस्रो विश्वयुद्धपछि पनि नेपाली जनताले अर्काे देशको पक्ष वा विरुद्ध लड्न गएको वर्षका रूपमा लिन सकिन्छ । रूस–युक्रेन युद्धमा आप्mनो ज्यान जोखिममा पार्ने र रोजगारका लागि जीवनको बलिदान दिने व्यक्तिहरूको रूपमा पनि यो वर्षलाई लिन सकिन्छ ।

अहिलेसम्म सबैभन्दा धेरै आत्महत्या गर्ने, घर नफर्कने, बेपत्ता भएका सबैको वर्ष २०८० थियो । नेपालमा हाई प्रोफाइलको जेल यात्राको सन्दर्भमा २०८० सधैं स्मरणीय रहने छ । तर दलीय प्रभावका आधारमा हाई प्रोफाइल छनोट गरी शुद्धीकरण गर्ने प्रक्रिया पनि २०८० मा नै ल्याइयो ।

यसबाहेक २०८० लाई नेपाली क्रिकेट चम्केको वर्षका रूपमा पनि चिनिन्छ । विगतका वर्षहरूझैं नेपाली क्रिकेटले सन् २०८० मा फडको मारेको छ । यस वर्ष नेपाली पुरुष क्रिकेट टोली आइसिसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो र घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि पनि जित्न सफल भयो । नेपाली क्रिकेट टोलीले भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशजस्ता बलिया टेस्ट राष्ट्रहरूसँग एशिया कपमा प्रदर्शन गर्ने मौका पाएको वर्ष पनि हो, यो । सोही वर्ष नेपाली पुरुष क्रिकेट टोलीले पनि जिम्बावेमा भएको आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा आपूmभन्दा बलियो राष्ट्रसँग खेलेको थियो । महिला क्रिकेट टोली श्रीलङ्कामा छिट्टै आयोजना हुने महिला टी–२० एशिया कपका लागि छनोट हुन सफल भएको छ ।

यो वर्ष पुरुष क्रिकेट टोली टी–२० विश्वकपमा छनोट भएको वर्षको रूपमा पनि स्मरणीय रहने छ । सन् २०८० मा अर्थपूर्ण चलचित्रले हलमा सम्मानजनक व्यापार गरेको तथ्य हामीले देखेका छौंं । चलचित्र निर्माणमा सन् २०८० कथा, पटकथा र चरित्रमा आधारित चलचित्रको वकालत हुन थालेको वर्ष हो भन्न सकिन्छ ।

केही नसोचेका घटनाक्रमहरू :
राजनीतिमा निकै आशाजनक शुरूआतका साथ आएको २०८० निराशाजनक निष्कर्षमा पुग्यो । वैशाख उपनिर्वाचनमा पुनः सत्तामा आएका रवि लामिछाने वर्षैभर विभिन्न कारणले चर्चामा रहे । रेशम चौधरी र रिगल योगराज ढकालको आममाफीको मुद्दा वर्षैभर चर्चामा रह्यो ।

नक्कली भूटानी शरणार्थी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई कारागार चलान गरियो । वर्षको अन्त्यसम्म केही व्यक्ति घर फर्किसकेका छन् । २०८० मा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा र बहसले चर्चा पाएको थियो भने अर्काेतर्पm बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । तर नीतिगत निर्णय प्रक्रियामा सहभागी भएका दुर्ई पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबूराम भट्टराईलाई संरचनागतरूपमा अलग राखेर शुद्धीकरण गरियो ।

नक्कली भूटानी शरणार्थी मुद्दामा पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु राणासहित अन्यलाई मुछिएपछि दोस्रो चरणको अनुसन्धानलाई प्रभावित पार्न संलग्न प्रहरी र न्यायाधीशको जबरजस्ती सरुवा गरिएको थियो भने बाँसवारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा चौधरी समूहलाई पक्राउ गरिएको थियो । केही समय चर्चामा रहे पनि पछि सबै कुरा मिल्यो ।

काठमाडौंका मेयर बालेन्द्र साह वर्षैभर चर्चामा रहे, आप्mनो कामको निष्ठाले गर्दा । साथै उनी विवादित पनि बने, सिंहदरबारमा आगजनी गर्ने भनाइ, पत्नी सवार गाडीको प्रहरीले चेकजाँच गरेकोमा आक्रोश व्यक्त गरेकोलगायत विषयले गर्दा । तर, बन्चरेडाँडाका बासिन्दा र उनीहरूका समस्या सम्बोधन नभएको, फोहोर व्यवस्थापनका प्रतिबद्धता धेरै हदसम्म पूरा नभएको र महानगरका बासिन्दाले फोहोर व्यवस्थापन, विकास संरचना र सुशासनको अनुभूति गर्न नसकेको अवस्था अझै विद्यमान छ ।

उता, धरानका मेयर हर्क साम्पाङ वर्षैभरि आप्mनो स्टेटस, ट्वीट र वक्तव्यका कारण चर्चामा रहे । भाद्र महीनामा धरानमा केही अधर्मी समूहले गोरुको मासु काटेर खाँदा धार्मिक युद्धको रूप लिएपछि स्थानीय प्रशासनको सतर्कताले सम्भावित घटना हुनबाट जोगिएको थियो ।

सरकारले कात्तिक महीनामा टिकटकमा प्रतिबन्ध लगाएको थियो । नेपालको सबैभन्दा ठूलो भ्रष्टाचारकाण्ड मध्ये एक, एनसेलको कर छली त्यो महीना सतहमा आयो । १४३ अर्ब रुपियाँँको सम्पत्ति ६ अर्ब रुपियाँँ मात्रै राखेर सेयर बचत गरेर १३७ अर्ब रुपियाँँ कर छलीको मुद्दामा पूर्वप्रधानमन्त्रीको परिवारलाई पनि तानिएको थियो । चिकित्सा व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालमा आप्mनो वर्चस्व कायम राखेस उनका भाषण, विरोध र आरोपहरू कहिलेकाहीं विश्लेषण र आम जनतालाई मनोरञ्जन दिन सफल रह्यो । यद्यपि उनले उठाएका केही मुद्दा सान्दर्भिक र न्यायोचित नै थिए । २०८० को अन्त्यमा सर्वाेच्च अदालतले उनको मेडिकल कलेजलाई सञ्चालन गर्न अनुमति दियो ।

२०८० सालमा न्याय मरेपछि धेरै घटना दबाइयो । इपिएस परीक्षामा सहभागी हुन कोरिया जान माग गर्दै ललितपुर बालकुमारीमा भएको आन्दोलनका क्रममा राज्यको गोली लागेर दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । घटनामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार भए पनि उनलाई कारबाई गर्न माग गर्दै मन्त्रिपरिषद् हेरफेर भए पनि कारबाई भएन । यी र यस्ता धेरै वेथितिहरूको भवसागरमा देश जेलिनुप-यो । धेरै आशा र आकाङ्क्षाहरू देशमा स्खलित भए ।

नेपालीहरू सधैं आशावादी र ईश्वरीय अनुकम्पामा विश्वास गर्छन् । हेरौं आउँदो २०८१ ले हाम्रो मुहारमा केही हाँसो ल्याउँछ कि १ नयाँ वर्ष २०८१ को सबै पाठकमा धेरै धेरै शुभकामना !

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top