×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार अग्रवाललाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको हो। उनी लामो समयदेखि अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा फरार अभियुक्तका रूपमा रहेका थिए।

एसएसपी जबराले पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिएका छन्।

अग्रवाल यसअघि पनि २०८२ साल चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। उक्त प्रकरणमा केही समयपछि उनी रिहा भएका थिए।

सीआईबीले यसपटक बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी विचाराधीन मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाउँदै अग्रवाललाई पक्राउ गरी अदालतमा उपस्थित गराउन लागेको जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पनि जनाएको छ।

Back to top