×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेस्र्याएर सरकार आफैँले बचपना देखाएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै राज्यले यसरी आतंकित पार्न नहुने भनी आफ्नै सरकारमाथि टिप्पणी गरेका हुन्। 

‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन्जी पुस्ताले शहादत गरेको हो?’ उनले सरकारलाई प्रश्न गरेका छन्। 

झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु भएको उल्लेख गरे। यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने भन्दै उनले राज्यका निकायले कानुनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए।

Back to top