×

वीरगञ्ज । स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य  तोलामा आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ ।

मङ्गलवार तोलामा चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार चार हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँ बढेको हो ।

Back to top