×

वीरगञ्ज । सात हजार बढी विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट एक जना पक्राउ परेका छन्। 

सिन्धुपाल्चोकको बाह्रबिसे नगगरपालिका–३ खाग्दलमा चेकजाँचका क्रममा प्रहरीले २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध भेप बरामद गरेको हो। 

हिजो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जाँच गरेको थियो। 

त्यसक्रममा ७ हजार ७ सय थान भेप फेला पारेको हो। बरामद भेप, बोलेरो र चालक जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भोटेकोशीस्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको छ।

Back to top