×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य एक सय घटेर प्रतितोला २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार तीन सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Back to top