×

वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरुले गुणस्तरीय शिक्षाको प्रवर्द्धन, सुशासनको सुदृढीकरण तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वक्ताहरुले क्याम्पसलाई प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै सरोकारवालाबीच सहकार्य, समन्वय र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। साथै क्याम्पसको भावी कार्यदिशा, शैक्षिक सुधारका प्राथमिकता तथा संस्थागत सुदृढीकरणका विविध पक्षबारे समेत छलफल गरिएको जनाइएको छ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरिप्रसाद गौतम, सदस्य–सचिव किशोरी राय तथा सल्लाहकार जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो।

सहभागीहरुले क्याम्पसको समग्र विकासका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिने बताएका थिए।

Back to top