×

नेपाल र युएईबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ। दुई देश बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो। दुवै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट रंगशालामा हुनेछ।

बैशाख १२ मा सुरु हुने लिग २ को सिरिज अघि ७ र ८ गते नेपाल र युएईबीचको टी–२० खेल हुन लागेको हो।  नेपालले बैशाख १२ बाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ।

सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भुमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ।

Back to top