रौतहट । रौतहटको क्षेत्र न.२ मा नेपाली काङ्ग्रेसका उम्मेदवार डाक्टर फिर्दोस आलमले मतदाता भेटघाट र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । चुनावको मिति नजिकिए संगै पुर्व मन्त्री स्वर्गीय अफताब आलमको जेठो छोरा समेत रहेका डा .फिर्दोसले क्षेत्र बासीको कुरा सुन्न तथा मत माग्न घर- घरमा पुग्न थालेका हुन् ।
२०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवार किरण साह संग पराजित डा .आलम आफ्नो र आफ्नो परिवारको यस क्षेत्रमा रहेको योगदानलाई नै मुख्य चुनावी एजेन्डा बनाएका छन्। उनले आफुले जिते क्षेत्र बिकास र जनताको समस्या सामाधानको लागि अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
पूर्व मन्त्री स्वर्गीय अफताब आलमका जेठो छोरा हुनुको नाताले डा. फिर्दोसका लागि यो चुनाव आफ्नो पारिवारिक राजनीतिक विरासत जोगाउने र बलियो बनाउने अवसर रुपमा रहेको देखिएको छ।
"क्षेत्रबासीको कुरा सुन्ने" रणनीतिले मतदातासँग प्रत्यक्ष भावनात्मक सम्बन्ध गाँस्न मद्दत पुग्ने र अघिल्लो हारपछिको दूरीलाई कम गर्ने प्रयासमा लागेका आलम प्रती जनताको जललहर बढेको स्थानीयको भनाई छ।
२०७९ मा स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित हुनुको मुख्य कारण र मतदाताको असन्तुष्टिलाई सम्बोधन गर्दै यस पटक उनी थप परिपक्व ढंगले अघि बढेको देखिन्छ्न।
डा. फिर्दोसका लागि यसपटकको चुनाव अघिल्लो पटकभन्दा बढी चुनौतीपूर्ण र महत्त्वपूर्ण दुवै छ। मतदाताहरूले पुरानो विरासतभन्दा पनि नयाँ कार्ययोजना र भिजनलाई बढी प्राथमिकता दिइरहेका बेला उनको डाक्टरी पेशाको छवि र अरु उम्मेदवार भन्दा युवा भएकोले उनका लागि सकारात्मक पक्ष बन्न सक्ने देखिएको छ।
पुर्व मन्त्री स्वर्गीय अफताब आलमको सामाज र कार्यकर्तामा लगानी अर्को तिर कान्छो भाई राजिक आलम राजपुर नगपालिकाको मेयर छन् ।राजिक जनता माझ लोकप्रीय छन् । मेयर राजिक आलमको छवि र सक्रियताले फिर्दोसलाई थप बल र चुनावी फाईदा पुगिरहेको जानकारहरुको भनाई छ।
बिपक्षिको जालझेलको सिकारबाट ईट्टा भटा काण्डमा जेलमा गएका पुर्व मन्त्री अफताब आलमले अदालतबाट लागेको मुद्दामा सफाइ पाई स्वर्गबास भएपछि पार्टी र समर्थकको सहानुभूति भोट पनि डाक्टर फिर्दोसलाई जाने काङ्ग्रेस समर्थकको भनाई छ।
काङ्ग्रेस पार्टी नेता एवं पुर्व मन्त्री स्वर्गीय अफताब आलमको विरासत जोगाउने चुनौती र अघिल्लो हारको बदला लिने अवसर डा. फिर्दोसको अगाडि छ। एकातिर पुरानो विरासत र अर्कोतिर नयाँ भिजन खोजिरहेका मतदाताहरू बीचको सन्तुलन नै यो चुनावको निर्णायक विन्दु हुनेछ।
यस क्षेत्रमा काङ्ग्रेस उम्मेदवार फिर्दोस संगै पुर्व सान्सद एवं नेपाली कम्युनिस्ट पार्टी बाट किरण साह ,रास्ट्रीय स्वतन्त्र पार्टीबाट शेख सगिर ,जसपा नेपालबाट राम बसिस्ठ यादव ,एमाले पार्टी बाट महमद अतिउल्लाह र जनमत पार्टीबाट सोनु कुशवाहा,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अशोक कुमार जयसबाल चुनावी मैदानमा छन् ।