×

साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपाल आइतबार भारतसँग ३–३ ले बराबरीमा रोकिएको छ।

थाइल्यान्डको बैङ्ककस्थित नोनथाबुरीरङ्गशालाको फुटसल एरिनामा अन्तिम सेकेन्डमा गोल बेहोरेपछि नेपाल जितबाट वञ्चित भयो।

खेलको पाँचौँ मिनेटमा पिभोट विक्रान्त नरसिंह राणाको गोलबाट नेपाल अगाडि भएको थियो । एक मिनेटपछि नै भारतका लालरिन्ज्वालाले बराबरी गोल गरे।

उत्तरार्धको चौथो मिनेटमा अमितले गोल गरेपछि नेपाल दोस्रो पटक अगाडि भयो तर निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अनमोल अधिकारीले गोल गरेपछि भारतले दोस्रो पटक खेललाई बराबरीमा ल्यायो।  अन्तिम मिनेटमा विजयी श्रेष्ठले गोल गरेपछि नेपालले तेस्रो

पटक अग्रता बनायो तर निखिल मालीको गोलबाट भारतले तेस्रो पटक पनि गोल फर्काएर खेललाई नाटकीय रूपमा बराबरीमा टुङ्ग्यायो।  नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई २–१ ले हराएको थियो

Back to top