रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा पुगेको छ।
साउदी अरेबियामा जारी स्पेनिस सुपरकपको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
रियलको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरे। एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरे।
यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ।
फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ।