×

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसविरुद्ध फराकिलो जित निकालेको छ। गएराति मड्रिडमा भएको खेलमा बेटिसविरुद्ध रियलले ५-१ गोलको जित निकालेको हो। 

रियल मड्रिडको जितमा गोन्जालो बार्सियाले ह्याट्रिक गर्दा राउल असेन्सियो र फ्रान गार्सियाले एक–एक गोल गरे । बेटिसका लागि कुचो हर्मान्डेजले शान्त्वना गोल गरे । यसैबीच, फ्रेन्च लिग वान मा पेरिस सेन्ट जर्मेन पीएसजीले पेरिस एफसीलाई २–१ गोलले पराजित गरेको छ। 

पार्क डे प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीको जितमा डिजेर डोए र ओसमाने डेम्बेलेले एक-एक गोल गरे । पेरिस एफसीका लागि विलिएम गेबेलेसले एक गोल फर्काए। उता, इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र चेल्सीले एक–एक गोलको बराबरी खेलेका छन्। 

पहिलो हाफको ४२औँ मिनेटमा तिज्जनी रेइजन्द्रेसले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्मान्डेजले बराबरी गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । यससँगै सिटी २० खेलमा ४२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा समान खेलबा ३१ अंकसहित चेल्सी पाँचौ स्थानमा छ।

Back to top