अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा आतंकवादी संगठन इस्लामिक स्टेट आएस विरुद्ध शक्तिशाली र घातक सैन्य आक्रमण गरेको छ।
आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए। राष्ट्रपति ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै यो कारबाही आफ्नो निर्देशनमा भएको बताएका हुन्।
ट्रम्प इसाईहरूको क्रुर हत्या गरिरहेकाहरूमाथि आक्रमण गरिएको स्पष्ट पारेको अलजजिराले जनाएको छ। यूएस अफ्रिका कमान्डले नाइजेरियाली अधिकारीहरूको अनुरोधमा उत्तरमा नाइजरसँग सीमा जोडिएको सोकोतो राज्यमा यो आक्रमण गरिएको जनाएको छ।
ट्रम्प आफ्नो नेतृत्वमा रहेको देशले कट्टर इस्लामिक आतंकवादलाई फस्टाउन नदिने दाबी गरे। इसाईहरूको हत्यालाई जारी राखे यस्ता कारबाही अझै थपिने उहाँको चेतावनी छ। ट्रम्पले विगत केही महिनादेखि नाइजेरियाका इसाइहरूको पीडामाथि ध्यान केन्द्रित गर्दै आएका छन्।
यस क्रममा उनले नोभेम्बरमा रक्षा सचिवलाई सम्भावित कारबाहीका लागि तयारी गर्न आह्वान गर्दै, अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देश नाइजेरियामा अमेरिका बन्दुक चलाउँदै प्रवेश गर्ने चेतावनी दिनुभएको थियो।