वीरगञ्ज । वीरगञ्जको नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुई वटा बसमा आगलागी भएको छ ।
वीरगञ्ज – १६नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुई वटा बसमा मध्यरातमा आगलागी भएको हो ।
आगलागीबाट जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
मङ्गलवार राति पौने १ बजेको समयमा दुवै बसमा आगो लागेपछि प्रहरी र वीरगञ्ज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए ।
बसमा आगलागीको कारण खुल्न नसकेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।