वीरगञ्ज । पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षामा ४६ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुनी मौसम सुरु भएदेखि वर्षासँग सम्बन्धित मृत्यु हुनेको सङ्ख्या ७ सय ६ पुगेको छ । देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आफ्नो पछिल्लो स्थिति प्रतिवेदनमा यसबारे जानकारी गराएको हो ।
धेरैजसो मृत्यु भारी वर्षापछि घर र छाना भत्किँदा भएको हो । अरू केही आकस्मिक बाढी, पहिरो, विद्युतीय करेन्ट र चट्याङका कारण भएको हो । खैबर पख्तुन मनसुनमा सबैभन्दा बढी प्रभावित रह्यो जसमा ४ सय २७ जनाको मृत्यु भएको छ ।
प्राधिकरणले मनसुनी वर्षाले देशभर पूर्वाधार र निजी सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ । जुन २६ देखि, २ हजार ९ सय ३४ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्। १ हजार १ सय ८ पशुधन मरेका छन् ।
लगभग ४ सय ५१ किलोमिटर सडक र १ सय ५२ पुलहरू पनि प्रभावित भएका छन् । जसमा खैबर पख्तुन र पाकिस्तान नियन्त्रित कश्मीरले विनाशको मार खेप्नु परेको छ । अधिकारीहरूले आगामी दिनहरूमा थप वर्षा हुने चेतावनी दिएका छन् । जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।