×

अष्ट्रेलियामा आमनिर्वाचनका लागि मतदान शुरु भएको छ। यो निर्वाचनमा बहालवाला प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पीटर इटनबीच मुख्य प्रतिस्पर्धा छ। 

करिब ३० वर्षदेखि संसदमा रहेका लेबर पार्टीका नेता अल्बानिज सन् २०२२ देखि प्रधानमन्त्री छन्। प्रधानमन्त्री बनेपछि सुरुवाती समयमा राम्रो लोकप्रियता हासिल गरेका अल्बानिज पछिल्लो समय आवासको समस्या, जनजाति मामिला तथा कतिपय धार्मिक मुद्दाको दबाब खेप्नु परेको छ। 

प्रधानमन्त्रीका अर्का आकांक्षी कन्जर्भेटिभ लिबरल-राष्ट्रिय गठबधनका नेता पिटर आफ्ना सामाजिक तथा धार्मिक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन्। पीटरसँग रक्षा र गृहलगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव छ। अष्ट्रेलियाका मतदाताले देशमा बढ्दै गएको महँगीलाई प्रमुख मुद्दा बनाएका छन् । प्रधानमन्त्रीका दुवै आकांक्षीले आफ्नो नेतृत्वमा सरकार बने महंगी नियन्त्रण गर्ने आश्वासन दिइरहेको बीबीसीले जनाएको छ ।

Back to top