×

पाकिस्तानी सूचना तथा प्रशारणमन्त्री अत्ताउल्लाह तरारले बुधवार चेतावनी दिएका छन् की भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाउनसक्छ।

एक भिडियो वक्तव्यमा तरारले पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा अवस्थित पहलगाममा भएको हालैको घटनासँग सम्बन्धित निराधार आरोपको आधारमा भारत सैन्य कारबाहीको तयारी गरिरहेको संकेत विश्वसनीय गुप्तचरबाट प्राप्त गरेको बताए।

उनले भारतको यस्तो कुनै पनि कदमलाई निर्णायक प्रतिक्रियाको सामना गर्ने चेतावनी दिए। भारतीय मिडिया रिपोर्टहरूकाअनुसार यस महिनाको शुरुमा पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई दक्षिण एशियाली छिमेकीहरू बीच तनाव बढेको छ।

जसमा कम्तिमा २५ जनाको मृत्यु भएको थियो। भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडा रूपमा अस्वीकार गरेको छ। 

 

Back to top