×

वीरगञ्ज । भारतीय सेनाले कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सैनिकले लगातार दोस्रो रात पनि भारतीय सैन्य चौकीहरूमा गोलाबारी गरेको दाबी गरेको छ । 

भारतीय सेनाले दाबीअनुसार विभाजित कश्मीरको सीमा नियन्त्रण रेखा (एलओसी)मा रहेका विभिन्न पाकिस्तानी सैनिक चौकीहरूबाट रातभर भारतीय सैनिकहरूमाथि गोली प्रहार गरेका समाचार संस्था एपीले जनाएको छ ।

सेनाको विज्ञप्तिमा भनिएको छ, “भारतीय सैनिकहरूले हल्का हतियारबाट  प्रतिकार गरेको छ ।” यस घटनामा कुनै पनि व्यक्तिको मृत्यु भने नभएको भारतीय सेनाले जनाएको छ ।

घटनाले कश्मीरमा गत हप्ता पर्यटकहरूमाथि भएको हमलापछि परमाणु हतियार भएका यी दुई प्रतिद्वन्द्वी राष्ट्रबिच तनाव थप बढेको समाचारमा बताइएको छ ।

भारत नियन्त्रित कश्मीरको पहलगाम पर्यटक स्थलनजिकै २६ जनाको मृत्यु हुने गरी गरिएको हमलालाई भारतले आतङ्कवादी हमला भनेको छ । भारतले उक्त हमलामा पाकिस्तानको हात रहेको आरोप लगाएको छ । पाकिस्तानले भने यो आरोप खारेज गर्दै आएको छ ।

 कश्मीर प्रतिरोध नामको नयाँ उग्रवादी समूहले हमलाको जिम्मा लिएको लिएको छ । नागरिकलाई लक्षित गरेर गरिएको यो एक सबैभन्दा नराम्रो आक्रमण भएको बताइएको छ । यो घटनापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ ।

 दुवै राष्ट्रले कश्मीरको विवादमा तीन वटा युद्धमा दुई पटक लडाइँ गरिसकेका छन् । यो क्षेत्र हाल दुवै देशबिच विभाजित छ । दुवै देशले यसलाई सम्पूर्ण रूपमा आफ्नो भनेर दाबी गर्छन् ।

Back to top