×

बेइजिङ । चीनलाई हानि पुर्‍याउने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने चीनको वाणिज्य मन्त्रालयले बताएको छ । यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार रहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको पनि बताएको छ।

अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरू आएपछि चीनको यो बयान आएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबिच कर युद्ध सुरु भएको छ।

Back to top