×

चीनले  अमेरिकाको कर नीतिको दृढताका साथ विरोध गर्ने प्रतिज्ञा गरेको छ। पछिल्लोपटक राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि आज चीनको वाणिज्य मन्त्रालयले यसबारे प्रतिक्रिया दिँदै गल्तीमाथि गल्ती भएको बताएको हो। 

ग्लोबल टाइम्सका अनुसार चिनिया वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले यदि कर बढाउने नै हो भने चीनले आफ्नो अधिकार र हितको रक्षाका लागि दृढतापूर्वक जवाफी कदम चाल्ने बताएका छन्। 

चीनले अमेरिकी राष्ट्रपतिले भनेको पारस्परिक कर निराधार र एकतर्फी रहेको दाबी गरेको छ । चीनले अमेरिकाले जबरजस्ती व्यापार युद्ध शुरु गरेको भन्दै यस युद्धमा कसैको पनि जित नहुने स्पष्ट पारेको छ।

केही दिनअघि मात्रै चीनमाथि ३४ प्रतिशत पारस्परिक कर लगाएका ट्रम्पले चीनले कर नघटाए ५० प्रतिशत कर फेरि थप्ने चेतावनी दिएका थिए। उनले चीनले अमेरिकी सामानमाथिको कर घटाउनुपर्ने बताउँदै आएका छन्। 

Back to top